‘राज्जा रानी’ मैथली भाषा पनि, २० लाखको सम्झौतामा भारतमा प्रदर्शन हुने

‘राज्जा रानी’ मैथली भाषा पनि, २० लाखको सम्झौतामा भारतमा प्रदर्शन हुने

आगामी पुष २१ मा  प्रदर्शन  हुने फिल्म हो ‘राज्जा रानी’ । प्रोमो र गीतका कारण चर्चामा रहेको यस फिल्म सबै दर्शकमा प्रतिक्षित बन्दै पनि गएको छ । नाजिर हुसेन र केकी अधिकारी स्टारर फिल्मले पश्चिम तराईको एक जनजाति समुदायको कथा प्रस्तुत गर्नेछ । 

फिल्म,  मधेसको  लवज निकट रहेको कुरा त,  टिमले हालै सार्वजनिक गरेको ‘चिपक चिपक’ बोलको गीतले बोलेको छ । तर, अब भने निर्माण टिमले फिल्म मैथली भाषामा पनि प्रदर्शन गरिने जानकारी न्युज पेज थ्री लाई गराएको छ । 

आर्यन फिल्मसको ब्यानरमा रमेश एमके पौडेलको प्रतुती ‘’राज्जारानी’’ मैथली भाषामा पनि  देशभर एकै दिन प्रदर्शन हुने भएको छ । त्यस्तै, प्रस्तुतकर्ता रमेशले दिएको जानकारी अनुसार भारतमा समेत प्रदर्शन हुने गरी भोर कम्पनी प्रा.ली का सीईओ राज कुमार महतोसंग रु २० लाखमा फिल्मको संझौता भएको छ   ।

यम थापा निर्देशित यस फिल्ममा नाजिर र कामेश्वरसंगै केकी अधिकारी, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ  ।

फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । 
 

Top