लक्ष्मीपुजामा रेखाको ‘रुद्रप्रिया’

अभिनेत्री रेखा थापाको निर्माणमा तयार हुन लागेको नयाँ चलचित्र ‘रुद्रप्रिया’ कार्तिक २ गतेबाट रिलिज हुनेभएको छ। लक्ष्मीपूजाको अवसर पारेर चलचित्र रिलिज गरिने बताईएको छ। बैशाख पहिलो साताबाट छायाँकान सुरु हुने चलचित्रलाई सुदिप भुषालले निर्देशन गर्नेछन्।

चलचित्रमा रेखा थापा, सुदर्शन थापा र अर्पण थापा मुख्य भूमिकामा रहेका छन्। आफ्ना पुराना चलचित्र भन्दा केहि फरक शौली अपनाएर रेखाले चलचित्र निर्माण तयारी गरेकी छिन्।

यसअगाडी रेखाको चलचित्र दशैमा रिलिज गरिने चर्चा चलाईएको थियो। तर प्रि-प्रोडक्सन काम अलिक लामो समयसम्म चलेको कारण छायाँकन ढिला सुरु हुनेभएकाले चलचित्रको रिलिज मिति पछाडी धकेलिएको हो। रेखा भन्छिन्, ‘चलचित्रको हरेक पाटो उत्कृष्ट निकाल्ने तयारीमा छौ। स्क्रिप्ट र गीत संगीत पनि अब्बल बनाउने प्रयासमा छौ। हरेक कुराले पूर्ण बनेको एउटा राम्रो चलचित्र दर्शकलाई दिने प्रयासमा छौ। त्यसैले केहि ढिला गरेर भए पनि राम्रो चलचित्र बनाउने छौ। ‘

चलचित्रलाई ‘रुद्रप्रिया’ लाई मोफसलमा एफडी र काठमाण्डौमा गोपाल काजी कास्यथले वितरणको जिम्मा लिएका छन् । यस्तै रेखा, वितरक कायस्थ र निर्माता पौडेल मिलेर संयुक्त फिल्म वितरण प्रणालीको पनि सुरुवात गर्ने तयारी थालेका छन् । रेखा पिक्चर्स प्रा.लि मार्फत उनीहरुले अल नेपाल फिल्म वितरण गर्नेछन् ।

Top