बन्दीपुरबाट रेखा र आर्यनको ‘रुद्रप्रिया’ शुरु

बिहि, जेष्ठ ११, २०७४

रेखा थापा र आर्यन सिग्देलको एक्टिङ् टीमअपमा चलचित्र ‘रुद्रप्रिया छायांकन शुरु भएको छ । बिहिबारदेखि तनहुँको बन्दिपुरबाट छायांकन सुरु भएको हो । त्यहाँस्थित खड्गादेवी मन्दिरमा पूजाआजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

‘बन्दीपुरमा दुई साता जति बस्छौं त्यसपछि पोखरा, काठमाण्डौं र जिरीमा जान्छौं’, निर्माता समेत रहेकी रेखाले बताईन् । कात्तिक २ गते लक्ष्मी पूजादेखि प्रदर्शनमा आउने चलचित्रको छायांकन चालिस दिनमा सक्ने लक्ष्य राखिएको छ । सुदिप भूपाल सिंह बबीको निर्देशन रहने फिल्ममा रेखा र आर्यन मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । उनीहरु सात वर्ष पछि पर्दामा एकसाथ प्रस्तुत हुँदैछन् ।

रेखा फिल्मस्को प्रस्तुती रहेको फिल्म ‘रुद्र प्रिया’मा रमेश एमके पौडेलले रेखासँग लगानीमा सहकार्य गरेका छन् भने निर्मात्रीको रुपमा सरस्वती थापा रहेकी छिन् । संजय लामाको छायांकन रहेको चलचित्रमा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् ।

Top